close

सार्वजनिक जग्गा लिजमा नदिन घरपझोङको निर्देशन

सार्वजनिक जग्गा लिजमा नदिन घरपझोङको निर्देशन

Trulli
ADVERTISEMENT

मुस्ताङ । घरपझोङ गाउँपालिकाले सार्वजनिक जग्गा लिजमा नदिन निर्देशन दिएको छ । गाउँपालिकाले पालिकाभित्रको जग्गा लिजमा नदिन वडा कार्यालयलाई निर्देशन दिएको हो ।

गाउँपालिकाको अनुसार पालिका क्षेत्रभित्रको जग्गाको संरक्षण गर्ने कर्तव्य एवम् दायित्व स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरेकोले सो निर्देशन गरेको हो । आफ्नो क्षेत्रको सार्वजनिक जग्गा लिजमा दिन लागेमा जिल्ला प्रशासन कार्यालयलाई सम्पर्क गर्न अनुरोध गरेको छ । 

गाउँपालिकाले सार्वजनिक जग्गा लिजमा दिने अधिकार स्थानीय तह वा वडा कार्यालयको नभएकोले सो निर्देशन जारी गरेको जनाएको छ ।