close

गङ्गालाई कोहलपुर नगरपालिकाको सहयोग

गङ्गालाई कोहलपुर नगरपालिकाको सहयोग

Trulli
ADVERTISEMENT

बाँके । कोहलपुर नगरपालिका–२ शक्तिनगरकी घरेलुहिंसा पीडित एक महिलालाई कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । 

श्रीमान्द्वारा गत माघ १५ गते पेट्रोल छर्किएर आगो लगाइएकी गङ्गा विकलाई कोहलपुर नगरपालिकाले रु ५० हजार रकम सहयोग गरेको हो । नगरपालिकाले हिंसापीडित राहत कोषबाट सो रकम विकलाई हस्तान्तरण गरेको हो । 

घट्नालगत्तै नगरपालिकाको सहयोगमा पीडित विकलाई उपचारका लागि काठमाडौँ पठाइएको थियो । उपचारपश्चात् घर फर्किएका उनलाई उक्त रकम हस्तान्तरण गरिएको नगरपालिकाकी उपप्रमुख सङ्गीता सुवेदीले जानकारी दिइन् ।  

चेतनामूलक कार्यक्रम तीव्रताका साथ अघि बढाइने उनको भनाइ छ । उनका श्रीमान् भानुभक्तले गङ्गा र दुई वर्षीय छोरा  प्रिन्समाथि पेट्रोल छर्केर आगो लगाएका थिए । गङ्गाको ज्यान जोगिए पनि प्रिन्सको भने उपचारका क्रममा मृत्यु भएको थियो ।