close

लेटाङ र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

लेटाङ र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

Trulli
ADVERTISEMENT

मोरङ । लेटाङ नगरपालिकाले पालिकाभित्रका विभिन्न क्षेत्रलाई समेटेर काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ । एक कार्यक्रमको आयोजना गरी नगरकापालिका र विश्वविद्यालयबीच सम्झौता भएको हो । 

नगरपालिकाको अनुसार विश्वविद्यालय अन्तर्गत वातावरण विज्ञान तथा ईन्जिनियरिङ विभागसँग नगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन ,फोहोर व्यवस्थापन ,खानेपानी व्यवस्थापन लगायतका बिषयहरूमा नगरपालिकासँग समन्वय तथा अध्ययन गर्न विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। 

विद्यार्थीहरूलाई सिकाईसँग जोड्न सो विभागका विद्यार्थीहरूलाई वाषिर्क रूपमा ईन्टनसिपको समेत व्यवस्था गर्न सहमति भएको नगरपालिकाले जनाएको छ । उक्त  सम्झौता पत्रमा लेटाङ नगरपालिकाको तर्फ बाट नगरप्रमुख भुपेन्द्र कुमार लावती र  विश्वविद्यालयको तर्फबाट विभागका उपप्राध्यापक ई सुबोध लुईटेलको हस्ताक्षर रहेको छ ।