close

बजार अनुगमनका क्रममा भेटिएका अखाद्यवस्तु नष्ट

बजार अनुगमनका क्रममा भेटिएका अखाद्यवस्तु नष्ट

Trulli
ADVERTISEMENT

अर्घाखाँची - भूमिकास्थान नगरपालिकाले शनिबारदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । चाडपर्वमा व्यापारीले ठग्न सक्ने सम्भावना बढेपछि नगरपालिकाले भोलिदेखि बजार अनुगमन गर्न लागेको हो । 

नगरपालिकाको उपप्रमुख तथा बजार अनुगमनका संयोजक बालकृष्ण बन्जाडेका अनुसार टोलीसहित पालिकाका विभिन्न स्थानमा बजार अनुगमन हुनेछ । नगरपालिकामा ठूलो बजार नभएको तर टोलटोलका पसल तथा व्यवसायीलाई अनुगमन गर्ने उनले पालिकाखबरलाई बताए । 

नगरपालिकाले दशै तथा चाडपर्व लक्षित मात्रै नभई प्रत्येक ३३ महिनाको अन्तरालमा बजार अनुगमन गर्दै आएको उनले सुनाए । अनुगमनमा भेटिएका अखाद्य बस्तु, म्याद गुज्रेका तथा अस्वस्थकर बस्तुलाई जफत गरी नष्ट गर्दै आएको उनले बताए ।