close

विद्युतीय जाल वा विस्फोटबाट माछा मार्नेलाई कारबाही

विद्युतीय जाल वा विस्फोटबाट माछा मार्नेलाई कारबाही

Trulli
ADVERTISEMENT

गुल्मी - चन्द्रकोट गाउँपालिकाले सार्वजनिक पोखरी तथा खोलामा करेन्टको प्रयोग गरी माछा मार्न निषेध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै विस्फोटक वस्तु तथा करेन्टको प्रयोग गरी माछा मार्न रोक लगाएको हो । 

सूचनाको अनुसार करेन्ट, विस्फोटक वस्तु तथा विषादीको प्रयोग गरी माछा तथा अन्य जलचर प्राणी मार्ने तथा क्षति पुर्याउने कार्यको गुनासो बढेकोले सो रोक लगाएको हो । गाउँपालिकाको  निर्देशण नमानेमा जलचर संरक्षण ऐन २०१७ को दफा ५ क अनुसार कारबाही गरिने  जनाइएको छ । सूचना अटेर गरी पानीजन्य स्थानमा विद्युतीय धार, विस्फोटक पदार्थ वा अवैध प्रकृतीको विष छाडी जलचर मार्नेलाई १० हजार, दोस्रो वा सोभन्दा बढी गर्नेलाई २० हजार र अटेर गरी पटक पटक गर्नेलाई जलचर संरक्षण ऐन २०१७ बमोजिम थप कारबाही गर्नका लागि सिफारिस गरिने छ । 

तर दैनिक जीवनयापन, मनारोञ्जनका लागि व्यवस्थित तरिकाले सामान्य रुपमा बल्छी खेल्ने, जाल हाल्ने तथा प्राकृतिक कुरामा रोक नलगाइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश चन्द्र शर्माले जनाएका छन् ।