close

वडाबाटै न्याय दिँदै पूर्वीचाैकी सरकार

वडाबाटै न्याय दिँदै पूर्वीचाैकी सरकार

Trulli
ADVERTISEMENT

डोटी– पूर्वीचौकी गाउँपालिकाले वडामै मेलमिलापकर्ता गठन गरेको छ । पालिकामा स्थानीयका समस्या छिटोछरितो छिनोफानो गर्न वडामा मेलमिलाप गठन गरेको हो ।

गाउँपालिकामा मेलमिलापकर्ता गठन गरेसँगै न्यायिक कार्य वडाबाटै हुन थालेकाे पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक पशुपती खड्काले बताइन् । उनले गाउँघरमा भएका झै झगडाका आधारमा निवेदन दिने गरेकाे पालिकाखबरलाई बताइन् ।

दर्ता भएका मुद्दालाई दुवै पक्षलाई बोलाएर पालिकामै छिनोफानो गर्ने गरेको उनकाे अनुभव छ । गत वर्ष ३ वटा मुद्दा परेकोमा २ वटाको पालिकामा छिनोफानो गरेकाे र एउटा जिल्ला अदालत पठाएकाे उनले सुनाइन् ।

'अंशवण्डा र जमिनका मुद्दाहरु पालिकामा मेलमिलाप गरेका थियौ । लेनदेनको मुद्दा पालिकामा छिनाफानो भएन अनि जिल्ला पठाएका हौ,' उनले भनिन् । पालिकामा पैसा लेनदेन, अंसबण्डा र जमिन सम्बन्धिका मुद्दा बढी आउने गरेको उनले बताइन् । पालिकाले न्यायिक समितिका लागि ५ लाख वजेट विनियोजन गरेको छ ।