close

भूकम्प अपडेट : आठबिसकाेटमा मात्रै पाँच हजार ११० घरमा क्षति

अधिकांश खुल्ला आकाशमाथि बास

भूकम्प अपडेट : आठबिसकाेटमा मात्रै पाँच हजार ११० घरमा क्षति

अधिकांश खुल्ला आकाशमाथि बास

Trulli
ADVERTISEMENT

रुकुमपश्चिम - भूकम्पमा परी  आठबिस्कोट नगरपालिकामा मात्रै पाँच हजार ११० घरमा क्षति पुगेको छ । नगरपालिकाको प्रारम्भिक तथ्यांकअनुसार भूकम्पका कारण आठबिसकोटमा मात्रै कम्तिमा पनि पाँच हजार घरमा क्षति पुर्याएको हो । 

जसमध्ये करिब चार हजार घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । अधिकांश घरहरु चर्किएर बस्न नमिल्ने भएका छन्। साढे नौ हजार घरधुरी रहेको आठबिसकोटमा ८० प्रतिशत घरहरु क्षतिग्रस्त भएका छन्। बाहिरबाट हेर्दा राम्रै देखिने तर प्राय कच्चि घरहरुका भित्री भागहरु भत्किने गरेको जनाइएको छ । आंशिक रुपमा क्षति भएका र सामान्य क्षति भएका घरहरु चर्किएर बस्न सक्ने अवस्था नरहेको स्थानीयको भनाइ छ ।

यता जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार दुई हजार १३६ घरमा पुर्ण रुपमा क्षति भएको जनाइएको छ । जाजरकोटमा गएको भुकम्पमा परी सबैभन्दा बढी प्रभावित क्षेत्र आठबिसकोट नगरपालिका बनेको छ । सबै घरहरु चर्किएपछि अहिले यहाँका सबै मानिसहरु घरबाहिर बस्न बाध्य छन । भुकम्पबाट आठबिसकोट नगरपालिकामा मात्रै ४२ जनाको मृत्यु भएको थियो । 

नगरपालिकाले पहिलो चरणमा मृत्यु भएका २० घरपरिवार र अन्य पूर्णरूपमा क्षति भएका ५० घरधुरीलाई नगरपालिकाले खाद्यान्न सामग्रीसँगै बस्नको लागि टेन्ट, त्रिपाल वितरण गरेको जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रवार राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परेर रुकुम पश्चिम र जाजरकोट जिल्लामा ठूलो मानवीय क्षतिसँगै भौतिक क्षति भएको छ ।