close

भरतपुर र चीनको सिगात्सेबीच भगिनी सम्बन्ध

भरतपुर र चीनको सिगात्सेबीच भगिनी सम्बन्ध

Trulli
ADVERTISEMENT

काठमाडौं । भरतपुर महानगरपालिकले चीनको सिगात्से शहरसँग भगिनी सम्बन्ध विस्तार गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीबार महानगरपालिकाकी नगरप्रमुख रेणु दाहाल र  सिगात्से शहरका मेयर लिउ स्वाचुङ्गले सो सम्बन्ध विस्तार गरेका हुन् । सोका लागि  महानगरपालिकाकी नगरप्रमुख दाहाल र सिगात्से शहरका मेयर लिउ स्वाचुङ्गबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

दुई शहरका बीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गर्ने सो समझदारी पत्रमा उल्लेख छ ।

त्यस्तै, साझा समृद्धि र विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिने समझदारी भएको छ ।