close

स्थानीय तहसँग सहकार्य गर्दै महिला समूह

स्थानीय तहसँग सहकार्य गर्दै महिला समूह

Trulli
ADVERTISEMENT

गोरखा- शहीद लखन गाउँपालिका–७ मास्कीछाँपस्थित ‘बौद्धनाथ कोसिस महिला कृषक समूह’ की सदस्य रीता थापामगरले अहिले ११ वटा बङ्गुर पालेकी छन् । उनले सुरुमा नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) ले आयोजना गरेको १५ दिने बङ्गुरपालनसम्बन्धी तालिम लिएपछि बङ्गुरपालन सुरु गरेकी हुन् । थापामगरले यसपटकको दशैँमा तीनवटा बङ्गुर बेचेर झन्डै एक लाखको आम्दानी गरिन् । 

एड्वानले नै दिएको नेतृत्व विकाससम्बन्धी तालिम लिएपछि उनलाई निर्धक्कसँग अरूसँग बोल्न सक्ने आत्मविश्वास बढाएको छ । तालिमपछि समूहका पदाधिकारी र सबै सदस्यलाई वडा कार्यालयमा गएर आफ्नो अधिकार माग्नुपर्ने रहेछ भन्ने जानकारी प्राप्त भयो । 

एउटा माउले एक पटकमा कम्तीमा १३/१४ वठा बच्चा जन्माउँछ । एउटा बच्चाको रु सात हजार पर्छ । एउटा माउले एकपटकमा बच्चा जन्माउँदा खर्च सबै कटाएर कम्तीमा ३० हजार जति फाइदा हुन्छ । धेरै माउ पालेर बच्चा पाठापाठी बेच्न सके धेरै फाइदा हुने उgको भनाइ छ । समूहले अबका दिनमा वडासँग बयर बाख्रा, बङ्गुरको खोर विस्तार, व्यावसायिक बङ्गुरपालनका लागि अझै धेरै बङ्गुर नै माग्ने योजना बनाएको छ । एड्वानले शहीद लखन गाउँपालिकाको नौवटै वडामा १२ वटा समूह गठन गरेको छ ।  

शहीद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले अदुवा लगाउनका लागि बीउको माग, बाख्रा र बङ्गुरपालनका लागि पनि समूहका तर्फबाट माग आइरहेको जानकारी दिइन् । गाउँपालिकाको नौवटा वटामा गठन गरिएका १२ वटा समूह नै गाउँपालिकामा दर्ता गरिएको छ । अदुवाबाट सुठो बनाउन मेसिन ल्याउन गाउँपालिकाले पहल गरिरहेको उनको भनाइ छ । गाउँपालिकाले समूहका तीन सदस्यलाई बाख्रा खरिद गर्नको लागि १५ हजार दिएको थियो । आगामी दिनमा समूहबाट माग लिएर गाउँपालिकामा जाने योजना रहेको समहूकी अध्यक्ष सन्सरा श्रीमलले बताइन् । 

गण्डकी गाउँपालिका–८ तोरीसरास्थित मखमली महिला कोसिस कृषक समूहका सदस्यले अहिले बङ्गुरपालन गरेका छन् । समहूकी अध्यक्ष नानीमाया सार्कीले पनि अहिले दुईटा बङ्गुर पालेकी छन् । 

गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले समूहहरु गाउँपालिकामै दर्ता भएकाले सक्दो सहयोग गर्ने योजना सुनाए ।