close

सम्पदा चिनाउन भक्तपुरमा साँस्कृतिक पदयात्रा

सम्पदा चिनाउन भक्तपुरमा साँस्कृतिक पदयात्रा

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाले योमरी पुन्हीको अवसरमा सम्पदा पत्रयात्रा गर्ने भएको छ । नगरपालिकाले आगामी पुष १४ गते योमरी पुन्हीको दिनमा पालिकाभित्रका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका साँकृतिक पद यात्रा गर्न लागेको हो । 

नगरपालिकाले ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित पदयात्रा गर्न लागेको जनाइएको छ । नगरपालिकाका नगरप्रमुख सुनील प्रजापतिका अनुसार पालिकाले २०७९ सालमा ‘भक्तपुरको पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं' भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा गरेको र यो वर्ष भक्तपुरको बहाबही चिनाउने उद्देश्यले ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नाराका साथ उक्त पदायात्रा आयोजना गर्न लागेको हो । 

उनले भक्तपुरमा रहेका सम्पदाहरुबारे स्थानीय जनतालाई जानकारी दिने उद्देश्यले सम्पदा पदयात्राको आयोजना गर्न लागेको बताए । नयाँ पुस्तालाई पालिकाको सम्पदा र सस्कृतीबारे जानकारी दिनको लागि पदयात्रा गर्न लागेको उनको भनाइ छ ।