close

गोठमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु

गोठमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु

Trulli
ADVERTISEMENT

सोलुखुम्बु- सोलुदूधकुण्ड नगरपालिका-२ फुङ्बुचेस्थित एक गोठमा आगलागी हुँदा ४ वर्षीय बालकको जलेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केका सोनाम शेर्पाका छोरा अन्दाजी वर्ष ४ का पासाङ शेर्पा रहेका छन् । सोलुदुधकुण्ड नगरपालिका २ फुङबुचेका दाछिरी शेर्पाको नाकगोठमा आगलागी हुँदा दाछिरीको भान्जा पर्ने पासाङको गोठमै जलेर मृत्यु भएको हो ।

प्रहरीले बालकको पोष्ठटमार्टमपछि बालकको शव आफन्तलाई बुझाइएको छ ।