close

आज  २९औं महानगर दिवस :  बाँसुरी प्रतियोगितामा थ:वही ल्याय्म्ह पुचः प्रथम

आज  २९औं महानगर दिवस :  बाँसुरी प्रतियोगितामा थ:वही ल्याय्म्ह पुचः प्रथम

Trulli
ADVERTISEMENT

काठमाडौँ- २९औँ महानगर दिवसको सन्दर्भमा पारेर राष्ट्रिय सभा गृहमा आयोजना गरिएको महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगितामा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा कव प्रथम भएको छ । 

यस्तै वडा नं. १६ को श्री श्वेत बिनायक बाँसुरी ल्हुति संरक्षण समितिको समूह दोस्रो र वडा नं. २० को अशोक विनायक व्यवस्थापन समाजको समूहले तेस्रो स्थान प्राप्त गरेको छ । 

प्रथम स्थान हासिल गर्नेलाई १ लाख ५० हजार रुपैयाँ नगद र शिल्डमा चाँदीको ठूलो बाँसुरी, दोस्रो स्थान हासिल गर्नेलाई १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी र तेस्रो स्थान हासिल गर्नेलाईं ५० हजार रुपैयाँ नगद सहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरियो । 

विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्दै उपप्रमुख सुनिता डंगोलले अमूर्त सांस्कृतिक सम्पदासँग जोडिएका बाजागाजा र बाद्य परम्परा जोगाउने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताइन् । 

प्रतियोगितामा ७ वटा समूहले भाग लिएका थिए । बिजेता ३ समूहबाहेक अरु समूहलाई प्रोत्साहनस्वरुप १०/१० हजार रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगितामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट जीवन आले, सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) बाट दूर्गाप्रसाद खतिवडा, रेडियो नेपालबाट डा. निरञ्जन राजभण्डारीले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।