close

३२ करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन

३२ करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन

Trulli
ADVERTISEMENT

भक्तपुर– चाँंगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ ।  नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न  भवनको हिजो उद्घाटन गरे । चाँंगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा रु ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ मा निर्माण  भएको होे ।

त्यस अवसरमा नगरको विकासमा  विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै नगरप्रमुख खत्रीले नयाँ भवनबाट नगरवासीलाई  सेवा प्रवाह गर्न सहज हुने बताए। 

नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले रु तीन करोड, केन्द्र सरकारबाट रु सात करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो ।