close

७९ वर्षमा उद्घोषण कला सिक्दै रुक्मिनी

७९ वर्षमा उद्घोषण कला सिक्दै रुक्मिनी

Trulli
ADVERTISEMENT

इलाम- सिक्ने कुरा उमेरले छेकिँदैन भन्दै रोङ गाउँपालिका- १, शान्तिपुरमा आयोजित उद्घोषण तालिममा ८९ वर्षीया रुक्मिणी न्यौपानेले ३ दिने उद्घोषण तालिम सिकेकी छन् । 

‘अरुले माईक्रोफोनमा भाषण गरेको देख्दा त्यो समाएर बोल्दा कस्तो होला भन्ने लागेको थियो ।’ रुक्मिनीले भनिन् ,‘बल्ल मेरो रहर पूरा भयो ।’ उमेरमा माईक नै देख्न नपाएको सुनाउँदै उनले घर नजिकै वडा कार्यालय बनिएपछि कार्यक्रम हुँदा अरुले त्यसमा बोलेको देखेको बताइन् । 

जीवनमा पहिलोपटक माइक्रोफोन छुन पाएकोमा खुसी व्यक्त गर्दै उनले भनिन्, ‘उहिले हाम्रा पालमा न तालिम न नेतृत्व । अहिले बुढी भए पनि पहिलो पटक माइक समात्न पाइयो, अब हामीले त के गरौंला र, नयाँ पुस्ताले चाहिँ यो अवसर सदुपयोग गर्नुपर्छ ।’

महिलाको नेतृत्व क्षमता विकास गर्न इलामको रोङ गाउँपालिकाले ग्रामीण क्षेत्रका महिलालाई दिएको उद्घोषण तालिममा रुक्मिनीसँगै ४९ जनाको सहभागिता थियो । तालिममा महिलालाई उद्घोषण र नेतृत्व विकासको सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको थियो ।

महिलाहरुको नेतृत्व विकास गरी वडास्तरमा हुने विभिन्न कार्यक्रमहरुमा महिलाको सहभागिता र नेतृत्व बढाउन तालिमले सहयोग पुर्याउने वडाध्यक्ष मनोहरी खड्काले विश्वास ब्यक्त गरिन् ।  । कार्यपालिका सदस्य लक्ष्मी नेपालीले महिलालाई सामाजिक संघ–संस्थादेखि राजनीतिक नेतृत्व लिन सक्षम बनाउनु आवश्यक रहेको बताउनु भयो । ‘चुप लागेर बसिरहने हो भने हामी आफ्ना र गाउँ–समाजका समस्या बाहिर ल्याउन सक्दैनौं, समाधान गर्न सक्दैनौं,’ उहाँले भन्नुभयो, ‘महिला आफ्ना र समाजका समस्या, समाधानका उपाय खोज्न तत्पर हुaनुपर्छ, त्यसका लागि क्षमता विकास आवश्यक छ ।’

वडा सदस्य मनमाया राईले आफू पनि यस्तै तालिममा सहभागी भएपछि अरूका अघि बोल्न सक्ने भएको सुनाउनु भयो । ‘हामीले जनप्रतिनिधि हुनुअघि यस्तो तालिम पाएनौं, जनप्रतिनिधि भएपछि अरूका अघि बोल्न निकै धक लाग्थ्यो,’ उहाँले सम्झनुभयो, ‘पोहोर साल हामीले पनि यही तालिम लिएपछि बोल्न आँट आउन थालेको हो ।’ उहाँले महिलालाई बोलीका माध्यमबाट नेतृत्वमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।
वडा सदस्य रेशबहादुर राईले महिलाको क्षमता विकासले समाज परिवर्तनमा भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘यस्ता क्षमता र नेतृत्व विकास तालिम त आवश्यक छ नै, महिलालाई सुरुमा नधकाई आफ्ना कुरा आफैं राख्नसक्ने बनाउन सबैले प्रयास गर्नुपर्छ ।’

अग्रज पत्रकार तथा सामाजिक अगुवा पदम विलासी राईले महिलाको सामाजिक र आर्थिक समृद्धिमा उद्घोषण तालिमले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । ‘आफूलाई लागेका कुरा अरूका अघि राख्न नसकेर धेरै महिला समाजमा पछि परेको देखिन्छ,’ उहाँले भन्नुभो, ‘महिला सशक्तीकरण र उनीहरूको बोल्ने तत्परता बढाउन तालिमले सहयोगी भूमिका निर्वाह गरेको छ । यस्ता तालिम वडा तहमा मात्र होइन, टोल–टोलमा आवश्यक छ ।’

 रहेको तालिमको सहजीकरण प्रालि अध्यक्ष तथा नेपाल पत्रकार महासंघ इलाम शाखा सचिव भीम चापागाईं, महासंघ सदस्य, राससकर्मी मनोज अधिकारी र झापाकी अग्रज पत्रकार भीमा शिवाकोटीले गर्नुभएको थियो ।