close

तनहुँमा बस दुर्घटना हुँदा १८ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा १८ जना घाइते

Trulli
ADVERTISEMENT

तनहुँ- मुग्लिनबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस तनहुँमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । 

घाइतेमध्ये ८ जनालाई थप उपचारको लागि पोखरा रिफर गरिएको र बाँकी घाइतेको जिल्ला अस्पताल तनहुँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तनहुँको व्यास नगरपालिका- १२ कमलबारीमा आइतबार बिहान ग २ ख १४५९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार टिपरलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटनामा परेको हो ।