close

५० प्रतिशत अनुदानमा च्यापकटर उपलब्ध गराउँदै दक्षिणकाली

५० प्रतिशत अनुदानमा च्यापकटर उपलब्ध गराउँदै दक्षिणकाली

Trulli
ADVERTISEMENT

काठमाडौं– दक्षिणकाली नगरपालिकाले कृषकलाई अनुदानमा च्यापकटर उपलब्ध गराउने भएको छ । नगरपालिकाले मासु, दूध तथा दूग्धजन्य पदार्थ उत्पादनमा वृद्धि गर्न ५० प्रतिशतमा च्यापकटर उपलब्ध गराउन लागेकाे हाे ।

नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार मासु, दूध तथा दूग्धजन्य पदार्थ उत्पादनमा वृद्धि गरी आयातमा निरुत्साहित र निर्यातमा प्रर्वद्धन गराउन पशुपालक कृषकलाई ५० प्रतिशतमा च्यापकटर अनुदान दिने सूचनामा उल्लेख छ ।

माउ गाई/भैसी कम्तीमा दुई वटा तथा माउ बाख्रा कम्तीमा १० वटा पालनको मापदण्डमा च्यापकटर अनुदान कार्यक्रम रहेको सूचनामा उल्लेख गरेको छ । इच्छुक किसानले आवश्यक कागजातसहित १५ दिनभित्रमा आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।