close

बजार अनुगमनबाट म्याद गुज्रेको सामग्री बरामद

बजार अनुगमनबाट म्याद गुज्रेको सामग्री बरामद

Trulli
ADVERTISEMENT

सुनसरी - इटहरी उपमहानगरपालिकाले बजार अनुगमनबाट म्याद गुज्रेका सामग्री बरामद गरेको छ ।उपमहानगरपालिकाले वडा नम्बर ९ को आइतबारे बजारको अनुगमनबाट म्याद गुज्रेको सामग्री बरामद गरेको हो । 

उपमहानगरपालिकाको खाद्य निरिक्षक अनु अर्यालका  अनुसार बजार अनुगमनबाट पापड १०० ग्रामको ७५ प्याकेट, चियापति दुई किलोग्राम, ज्वाना  दुई किलोग्राम र जिरा दुई किलोग्राम बरामद गरेको हो । सो सामग्री जफत गरी लिएको उनले पालिकाखबरलाई सुनाइन् । 

सो सामग्री उपमहानगरपालिकाले नष्ट गर्ने उनले सुनाइन् । उपमहानगरपालिकाले म्याद गुज्रेका तथा अखाद्य सामग्री बिक्री गरेको फेला भएमा सुरुमा चेतावनी दिने उनले बताइन् । सो कार्य दोहोराएर ५० हजार रुपैयाँसम्म जरिवाना तिराउने उनका भनाइ छ । 

उपमहानगरपालिकाले समय समयमा बजारको अनुगमन गर्दै आएको बताइन् । तर स्थानीय बासिन्दाको उजुरी आएमा तत्काल अनुगमन गर्ने उनको भनाइ छ ।