close

नेपालमै पहिलोपटक शान्तिको डायरी थ्रिडी कमिक बुक बिमोचन

नेपालमै पहिलोपटक शान्तिको डायरी थ्रिडी कमिक बुक बिमोचन

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपालमै पहिलोपटक शान्तिको डायरी थ्रिडी कमिक बुक बिमोचन भएको छ । 

मंगलबार पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमकाबीच भद्रकुमारी घलेकोको प्रमुख आतिथ्यमा  विमोचन भएको हो । 

प्रमुख अतिथ्यमा उद्घाटन गरिएको उक्त पुस्तक थ्रीडी चश्माको सहायताले हेर्दा थ्रीडी प्रविधिमा देखिने रुपक क्रियसन प्रा.लि. काअध्यक्ष रुपक शाक्यले बताए । 

पुस्तक आफैँमा नौलो र आधुनिक रहेको र यसभित्रका चित्र नेपालको एतिहासिककलाले भरिपूर्ण रहेको एउटा साहसिक र थ्रीलर कथाबस्तु समेटिएको पुस्तक भएको शाक्यले बताए । अध्यक्षशाक्यकाअनुसार शान्तीको डायरी थ्रीडी कमिक् बुक निर्माण गर्नुको प्रमुखउदेश्यभनेकै कथाभित्र रहेको पात्रहरुलाई वास्तविकतवरले महसुस गरी कथामा डुब्नु हो र प्रविधिको आनन्द उठाई भरपुर रमाइलो महसुस गर्नु हो । 

६८ पृष्ठको यस पुस्तकभित्र एक योगीको जीवनीलाई चित्रण गरिएको छ जो आफ्नो साहसिक यात्रामा आउने हरेक उतारचढावलाई डटेर अगाडि बढ्दै जान्छ र असंख्य कष्टहरुको सामनागर्दै आफ्नो लक्ष्यपार गर्न खोज्छ ।

यसलाई अब चाँडै नेपाली बजारमा सर्वसुलभ मूल्यमा विक्रिवितरण गरिनेछ भने ईबुक मार्फत सारा संसारमा प्रकाशित गरी नेपालमाबनेको प्रविधिलाई विश्वसामु चिनाउनु नै कम्पनीको उद्देश्य हो ।