महाभातकालीन किम्बदन्ती अनुसार पाण्डवहरु वनबासको क्रममा आमा कुन्तीको सहमतिमा भीमले राक्षस हिडिम्बासित विहे गरेपछि हिडिम्बाकाो कोखबाट जन्मेको पुत्र घटोत्कच र हिडिम्बाको वासस्थान यसै स्थानमा भएको नाताले उनीहरुकै नामबाट यस ठाउँको नाम हेटौडा रहेकाो भन्ने जनविश्वास छ । "हिडिम्बा" र शक्ति स्वरुपिणी माता भुटनदेवीको ऐतिहासिक तथा धार्मिक पृष्ठमूमिमा मानव बसोबासको लागि योग्य शहरको आधारभूत पूर्वाधार संरचना तथा भौतिक विकासको गतिमा अगाडि बढिरहेको हेटौंडा अधिराज्यका २ राष्ट्रिय राजमार्गहरु महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको संगमस्थलमा अवस्थित छ । नेपालको संविधान २०७२ अनुसारको नयाँ संरचना अनुरुप मकवानपुर जिल्लाका दश स्थानीय तह मध्येको एक हेटौडा उपमहानगरपालिका बागमति प्रदेशको राजधानीको रुपमा अवस्थित रहेको छ । नेपालको मध्य भागमा रहेको हेटौंडालाई वि.स. २०२६ सालमा नगर पञ्चायत घोषणा गरिएको थियो । २०७१ साल मंसिर १६ गतेको नेपाल सरकारको निर्णयबाट हेटौंडा उपमहानगरपालिका स्थापना भयो ।
हेटौंडाका प्रमुख विशेषताहरुः
देशको प्रमुख २ राजमार्ग महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको संगमस्थल,
राजधानीबाट नारायणगढ हदै २२४ कि.मि. नौबिसे दामन हुदै १३२ कि.मी. तथा राजधानी बाट जोड्ने द्रुतमार्ग हदै ७६ कि.मि को दक्षिण दूरीमा अवस्थित,
चुरे र महाभारत पर्वतको फेदीमा अवस्थित, उष्ण तथा समशितोष्ण हावापानी,
मकवानपुर जिल्लाको सदरमुकाम,
देशको तेस्रो ठूलो औद्यौगिक नगर,
भारतसंगको प्रमुख नाका बीरजन्गसंग राजधानी जोड्ने एक मात्र द्वार ।
भौगोलिक अवस्थितिः
उचाईः समुद्र सतहबाट ३०० देखि १८६० मिटर उचाइमा अवस्थित,
प्रशासनिक विभाजन अनुसार वडा संख्याः १९
क्षेत्रफल २६१ वर्ग कि.मी.
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५