close

विद्यालयमा प्रयोगशाला स्थापनाका लागि अनुदान दिँदै बागमती 

विद्यालयमा प्रयोगशाला स्थापनाका लागि अनुदान दिँदै बागमती 

Trulli
ADVERTISEMENT

बागमती– बागमती प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई  प्रयोगशाला स्थापनाका लागि अनुदान दिने  भएकोे छ । सो कार्यका लागि मापदण्ड र सर्तहरुसमेत तोकेर  प्रादेशिक  शिक्षा विकास निर्देशनालयले  १२ लाखदेखि १५ लाख रुपैयाँसम्म अनुदान दिने बताइएको छ । 

 

निर्देशनालयका अनुसार  सामुदायिक  विद्यालयमा  विज्ञान विषय र सूचना  प्रविधि  प्रयोगशाला  स्थापनासम्बन्धी कार्यविधि  २०७८ अनुसार  छनोट भएका विद्यालयलाई रकम उपलब्ध गराइने छ । उक्त कार्यविधिअन्तर्गत सूचना प्रविधिका लागि  १५ लाख तथा विज्ञान  प्रयोगशालाका लागि  १२ लाख अनुदान प्रदान गरिने भएको छ । 

 

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा  उल्लेख भएबमोजिम  निर्देशनालयले कार्यविधि तयार गरी अनुदान दिनेछ । कार्यविधिमा प्रयोगशाला स्थापना गर्ने विद्यालय पहिचान गरी मापदण्ड  निर्धारण गरी अनुदान दिने निर्देशनालयको ठहर छ ।      

 

विद्यार्थीलाई सिमकार्ड 

 

मकवानपुरको ७ हजार १३८ विद्यार्थीहरुलाई हेटौँडा उपमहानगरपालिकाले सियुजी सिम वितरण गरेको छ । सङ्घीय सरकारबाट अनुदानस्वरूप  प्राप्त  २६ लाख ७६ हजार छ सयबाट जिल्लाका १० पालिकामा इन्टरनेटको पहुँच  नभएका ठाउँहरुमा सियुजी सेवा उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको हो ।

 

शिक्षा विकास महाशाखाका अधिकृत सामचन्द्र खड्काका अनुसार  १२५ रुपैयाँका दरले जिल्लाका २३ विद्यालयका  कक्षा ४ देखि १२ कक्षासम्मका विद्यार्थीलाई उक्त सिम वितरण गरिएको थियो ।