close

विद्यार्थीको व्यथा बुझ्ने बानियाँ जस्ता वडा अध्यक्ष भए पो...

वडाभित्र क्याम्पस छैन । क्याम्पस पढ्न जानका लागि कम्तिमा २० किलोमिटरको यात्रा तय गर्नुपर्छ । प्रत्येक दिनको लामो र कष्टकर यात्रा गर्न विद्यार्थीहरुलाई बरु सहज होला तर त्यो यात्रासँग जोडिएको आर्थिक भार थेग्न उनीहरुलाई निकै कठिन थियो ।

विद्यार्थीको व्यथा बुझ्ने बानियाँ जस्ता वडा अध्यक्ष भए पो...

वडाभित्र क्याम्पस छैन । क्याम्पस पढ्न जानका लागि कम्तिमा २० किलोमिटरको यात्रा तय गर्नुपर्छ । प्रत्येक दिनको लामो र कष्टकर यात्रा गर्न विद्यार्थीहरुलाई बरु सहज होला तर त्यो यात्रासँग जोडिएको आर्थिक भार थेग्न उनीहरुलाई निकै कठिन थियो ।

Trulli
ADVERTISEMENT

मकवानपुर— कुरा हो, हेटौंडा उपमहानगरपालिकाको । बागमती प्रदेश राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिका वडा नं. १८ हर्नामाडीका क्याम्पस पढ्ने ७५ भन्दा बढी विद्यार्थीलाई दैनिक आवतजावत गर्न कठिन बनिरहेको स्थानीय सरकारले महसुस गर्याे । 

हेर्दा सानो हो तर यसको ठूलो महत्व छ । वडा नं. १८ का वडाअध्यक्ष अनिल कुमार बानियाँले गत असारको नगरसभामा प्रस्ताव गरे, ‘क्याम्पस पढ्ने विद्यार्थीहरुको यातायात खर्च वडाले बेहोर्ने ।’ 

वडा अध्यक्ष बानियाँले ल्याएको प्रस्तावलाई मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ र अन्य वडाअध्यक्षहरुले पनि समर्थन जनाए । योजनामा त पर्याे, तर त्यसको प्रारम्भ भने भदौ १ गतेदेखि हुँदैछ । 

वडा अध्यक्ष बानियाँले विद्यार्थीको गाडी भाडा ब्यहोर्ने योजना त्यत्तिकै ल्याएका होइनन् । उनले यसबारेमा गहिरो अध्ययन गरेका छन् । क्याम्पस पढ्न २० किलोमिटरको दुरी पार गरेर जाने विद्यार्थीहरुले भाडाको समस्याकै कारण केही महिनापछि क्याम्पस आउजाउ नै बन्द गर्न थालेको दृष्टान्त वडाअध्यक्ष बानियाँले फेला पारे । यतिमात्रै होइन, कतिपय विद्यार्थीहरु त बिहानै क्याम्पस जाने र बेलुकी मात्रै फर्किने गर्दा कुलतमा फसेको पनि वडाअध्यक्ष बानियाँले देखे । 

‘क्याम्पस ड्रप आउट हुने, कुलतमा फस्ने, डिप्रेसनमा समेत गएको अवस्था देखें, बिहान ६:३० मा क्याम्पस जाने विद्यार्थीहरु ९:३० मा क्याम्पस छुटेपछि अल्मलिने, कफि सप, पार्क तिर घुम्ने र गलत संगतमा फस्ने गरेको समेत देखेँ,’ वडाअध्यक्ष बानियाँले पालिका खबरसँग भने, ‘साथी संगतिका कारण घरमा अभिभावकलाई जबर्जस्ती मोटरसाईकल, स्कुटी किन्न लगाउँदा अभिभावक जमिन बेच्नुपर्ने अवस्थामा आइपुगेको पनि टड्कारो रुपमा महसुस गरेँ, त्यसैले यो योजना ल्याएको हुँ ।’

हेटौंडा उपमहानगरभित्रको १८ नं. वडाबाट बजारमा अध्ययन गर्न जाने विद्यार्थीहरुको सूची तयार गर्नमा व्यस्त रहेका वडा अध्यक्ष बानियाँले भदौ १ गतेदेखि विद्यार्थीले गाडि भाडा तिर्नु नपर्ने पालिका खबरलाई बताए । 

प्रति विद्यार्थीका लागि वडाले बार्षिक रुपमा कम्तिमा २० हजार रुपैयाँ खर्च गर्नेछ । जसका लागि कुल बजेट ११ लाख बिनियोजन भएपनि अपुग रकम थप गर्ने वडा अध्यक्ष बानियाँले बताए । 

‘हामीले विद्यार्थीलाई कार्डसहितको कुपन दिन्छौं, त्यहि कुपन विद्यार्थीले जाँदा र आउँदा गाडिलाई बुझाउँछन्, कुपन कलेक्सन गरेर गाडिवालाले पेश गरेपछि हामीले भुक्तानी गर्छाैं’ वडा अध्यक्ष बानियाँले भने, ‘भुक्तानी गर्नुअघि सम्बन्धित कलेजबाट हाजिरी पनि मगाउँछौं, कलेजसँग कुरा भइसकेको छ, हाजिरी भए/नभएको हेरेपछि अभिभावकसँग पनि बस्छौं, कलेज नगएको विषयमा सोधपुछ समेत गर्छाैं ।’ 

साविकको हर्नामाडी गाविसका सबै वडा मिलाएर अहिलेको वडा नं. १८ बनेको हो । हर्नामाडीबाट हेटौंडाको अहिले एकतर्फी गाडि भाडा ८० रुपैयाँ छ भने विद्यार्थीहरुले आवतजावतमा १६० रुपैयाँ बुझाउनुपर्छ । तर, वडा अध्यक्ष बानियाँले यातायात व्यवसायीसँग छलफल गरेर आवतजावत भाडामा ५० प्रतिशत छुट गर्दै दुईतर्फि भाडाको प्रति विद्यार्थी ८० रुपैयाँका दरले भुक्तानी गर्ने सहमती गरेका छन् । जसका लागि प्रति विद्यार्थीका लागि वडाले बार्षिक रुपमा कम्तिमा २० हजार रुपैयाँ खर्च गर्नेछ । जसका लागि कुल बजेट ११ लाख बिनियोजन भएपनि अपुग रकम थप गर्ने वडा अध्यक्ष बानियाँले बताए ।