सिन्धुपाल्चोक दुर्गम पहाडीभूभागका बालबालिकाहरू उच्च शिक्षा लिन चाहँदा पनि शहरमा जस्तो सहज छैन...
हेलम्बु गाउँपालिकाको नामाकरण तत्कालिन हेलम्बु गा.बि.स. बर्तमान गाउँपालिकाको वडा नं १ सँग जोडिएको छ । हेलम्बु भन्नाले एउटा गाउँ मात्र नभएर यसले भेगको प्रतिनिधित्व गर्दछ । साबिकको हेलम्बु गा.वि.स.को नाम २०४९ सालको निर्वाचन सम्पन्न भएपछि निर्वाचित पहिलो गा.वि.स.ले नाम परिवर्तन गरेर हेलम्बु राखेको हो । त्यस अघिसम्म तिम्बुघ्याङ्ग्युल गा.वि.स. र तार्केघ्याङ पञ्चायत थियो । यसको अर्थ तिम्बु र घ्याङ्ग्युलको नामबाट तिम्बुघ्याङ्ग्युल रहेको अनुमान गर्न सकिन्छ । राज्यको पुन संरचनासँगै यहाँका ५ वटा तात्कालिन गा.वि.स.हरु क्रमश : हेलम्बु, किउल, पाल्चोक, महाँकाल र इचोकलाइ मिलाएर हेलम्बु गाउँपालिकाको निर्माण भएको छ । यो पालिकामा ७ वडाहरु रहेका छन् । पुनसंरचनामा महाँकाल र इचोक दुवै तात्कालिन गा.वि.स लाइ २,२ वटा वडामा विभाजन गरिएकँ छ ।
हेलम्बु गाउँपालिकाको उत्तरतर्फ रसुवा जिल्ला, दक्षिणतर्फ मेलम्ची नगरपालिका, उत्तर पुर्व तर्फ नुवाकोट जिल्ला र पश्चिमतर्फ पाँचपोखरी गाउँपालिका पर्दछ । यस पालिकामा विभिन्न जातिका मानिसहरुको वसोवास रहेता पनि ह्योल्मो जातिको बाहुल्यता छ । सो अलावा शेर्पा, तामाङ, क्षेत्री, बाहुन, दलित समुदाय लगायतका जातिहरु पनि बसोबास गर्छन् । यो पालिकाको नाम ह्योल्मो जातिको पहिचान खुल्ने गरी हेलम्बु गाउँपालिकाको नामाकरण भएको कुरा मान्न सकिन्छ ।
हेलम्बु पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । हिमालको दृश्य, ह्योल्मो, शेर्पा, तामाङ जातिको बसोबास, रहनसहन र रितिरिवाजले बाह्य पर्यटकहरु आकर्षित हुने गरेका छन् । यो क्षेत्र धार्मिक पर्यटकीय स्थल पनि हो । यस ठाउँमा बिभिन्न समयमा धार्मिक गुरुहरुले ध्यान गर्ने गरेको र त्यति बेला धार्मिक गुरुहरुले यस क्षेत्रको भ्रमण समेत गरेको किम्बदन्तीहरु पाइन्छ । अधिकांश भुभाग पहाड र सुन्दर डाँडा पाखाले भरिएको यस गाउँपालिका समुन्द्री सतहबाट करिब १००० मिटर को उचाई देखि उच्च ५००० मिटर सम्मको भुभाग पर्दछ । हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणिय जुगल हिमालको सन्निकट याङरीमा डाँडाको काखमा रहेको छ । माथिल्लो भु–भागमा ह्योल्मो र तामाङ जातीको बहुल्यता रहेका र तल्लो बेसी भूभागमा विशेष गरी ब्राम्हण, क्षेत्री, दमाई, कामी, सार्कि, जातका ब्यक्तिहरुको बसोबास रहेको छ ।
आमा याङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टेघ्याङ जस्ता महत्वपूर्ण स्थल रहेको यस ठाउँमा गुम्बा, माने, घ्याङहरु, मन्दिर अवलोकन गर्दा मानिसको मन छुने हुन्छ । यस ठाउँको अतिथि सत्कार, विशेष खालको संस्कृति परम्परा आकर्षक प्राकृतिक सौन्दर्यता, स्वच्छ वातावरणले गर्दा यो क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । यस हेलम्बु गाउँपालिकामा बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुहान र सुरुङ अधिकाँश भाग समेत पर्दछ । यस गाउँपालिकामा मुहान मेलम्ची र अन्य खोलाहरु जस्तै गोहोरे खोला, तिम्बु खोला अन्य सा–साना खोल्चीहरु छन्, जसबाट खानेपानी, सिचाईलाई थप सुविधा पुगि रहेको छ । यस क्षेत्रको अधिकाँश भुभाग वनजङगलले ढाकेको छ । यस गाउँपालिकाका मुख्य व्यापारिक केन्द्रहरु ग्याल्थुम, चनौटे, तिम्बु र किउल बगर लगायताका स्थान हुन ।
यहाँका मानिसहरुको मुख्य पेशा कृषि हो । यो पालिकाको माथिल्लो भेगमा परम्परागत जातका आलु मुलाहरु लगाउने चलन थियो र अहिले पनि कायमै छ । पशुपालनमा माथिल्लो भेगमा भेडाच्याँग्रा, चौरी र तल्लो भेगमा गाइभैसी पाल्ने चलन छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
___________________________________________________
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५