सिरहा- धनगढीमाई नगरपालिका४ का किसान हरिदेव यादवको वर्षभरि पुग्ने अन्न उत्पादनका लागि बीउ...
नेपालको पूर्वाञ्चल क्षेत्र स्थित सिरहा जिल्लामा धनगढी गा.वि.स.को स्थापना २०४७ सालमा भएको थियो । दीर्घकालिन सोच "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार-धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार" का साथ २०७४ सालमा पूर्वाञ्चलको सिरहा जिल्लामा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२ आश्विन १ गतेको निर्णयबाट धनगढी गा.वि.स.को स्तरोन्नती भई धनगढीमाई नगरपालिका हुन गएको हो । यस नगरपालिकामा बसोबास गर्ने जात जातिहरुमा क्षेत्री, ब्राहमण, महतो, यादव, थारु, चौधरी, तामाङ्ग, सदाय, मोची, श्रेष्ठ, मगरहरु मुख्य रहेका छन् । यो स्थान समुद्री सतहदेखि १४० मि.को उचाईमा र काठमाडौं देखि पूर्व २५५ कि.मि.को दुरीमा अवस्थित रहेको छ । धनगढीमाईमा कूल १४ वडा रहेका छन् । १५९.६२ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको धनगढीमाई नगरपालिकाको भु-आकृतिक स्वरुप करिव सबै जसो समतल रहेको छ भने केही भाग पहाडी क्षेत्रले समेत ओगटेको छ । यसको पूर्वमा लहान नगरपालिका छ भने पश्चिममा गोलबजार नगरपालिका दक्षिणमा सुखिपुर नगरपालिका उत्तरमा प्रदेश नं.१ को उदयपुर जिल्लाको कटारी नगरपालिका रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३४.५ डिग्री र न्यूनतम तापक्रम १० डिग्री रहेको पाइन्छ । यस नगरपालिकामा साविक गा.वि.स.हरु भवानीपुर प्र.ध., हनुमानगनगर प्र.ध., फुलकाहाकट्टी, अयोध्यानगर, धनगढी र विष्णुपुरकट्टी मिलेर बनेको मा जम्म १४ वटा वडाहरु रहेका छन् । यस नगरपालिकामा २०७८ जनगणनाको तथ्याङ्क अनुसार घर संख्या ९,६५७ परिवार संख्या ११,१३३ र जनसंख्या महिला २७,६२७ र पुरुष २६,६१७ गरी कूल जनसंख्या ५४,२४४ रहेको छ । यस नगरपालिकामा शैक्षिक संस्थाहरु सरकारी विद्यालय प्रा.वि.-२१, नि.मा.वि.-५, मा.वि.-७, उच्च मा.वि.-५, साथै नीजि विद्यालयहरु प्रा.वि.-११, नि.मा.वि.-४, मा.वि.-४, उच-च मा.वि.-३ रहेका छन । यहाँको शिक्षाको गुनस्तर र शैक्षिक वातावरण समेत राम्रो रहेको छ । यस नगरपालिकामा स्वास्थ्य तर्फ हेल्थपोष्ट-८, निजी अस्पताल-९ र सरकारी अस्पताल-१ रहेको छ । साथै यस नगरपालिकामा स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको छ । यस क्षेत्रमा विभिन्न जाति अनुसारको चाड पर्व मनाउने गरिन्छ । जस्तैः माघि, होली, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, रक्षा बन्धन, लक्ष्मी पूजाँ, दशैं, तिहार, यहाँको प्रमुख चाड पर्वको रुपमा मनाईन्छ । यो नगरपालिकामा मधेसीमुलका र पहाडीहरुको मिश्रीत बस्ती रहेको छ । यस नगरपालिकामा बोलिने मुख्य भाषामा मैथली, तामाङ्ग, मगर, नेपाली, थारु भाषाहरु रहेका छन् ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
___________________________________________________
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५