close

१५ शय्याको अस्पताल भवन बनाउँदै धनगढीमाई 

१५ शय्याको अस्पताल भवन बनाउँदै धनगढीमाई 

Trulli
ADVERTISEMENT

सिरहा–सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ९ मा रहेको नैनपुर अस्पतालका लागि १५ शय्याको नयाँ भवन निर्माण गरिने भएको छ । अढाई तले भौतिक संरचना निर्माणका लागि नगरपालिकाले निर्माण कम्पनीसँग मंगलबार अन्तिम सम्झौता गरेको हो ।


 
२ वर्षमा काम सम्पन्न गर्ने गरी नगरपालिकाले काठमाडांैको सिनर्जी सुवेदी कुलेश्वरलाई १४ करोड १७ लाख रुपैयाँमा ठेक्का दिएको छ ।  ठेकेदार कम्पनीका तर्फबाट आधिकारिक प्रतिनिधि इन्जिनियर दीपेन्द्र ठाकुरले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए । नगरप्रमुख हरिनारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, इन्जिनियर शम्भु यादवलगायतको उपस्थितिमा सम्झौतापत्र आदान–प्रदान गरियो ।