close

घाँसको वीउ वितरण गर्दै धनगढीमाई

घाँसको वीउ वितरण गर्दै धनगढीमाई

Trulli
ADVERTISEMENT

सिरहा । धनगढीमाई नगरपालिकाले अनुदानमा घाँसको वीउ वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ७५ प्रतिशत अनुदानमा घाँसको वीउ वितरण गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप टियोसेन्टी, सुडान र बाजरा घाँसको वीउ वितरण गर्ने जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने कृषक, पशु सहकारी, निजी पशु फार्मले जेठ २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।