close

७५ प्रतिशत अनुदानमा स्प्रेयर वितरण गर्दै धनगढीमाई

७५ प्रतिशत अनुदानमा स्प्रेयर वितरण गर्दै धनगढीमाई

Trulli
ADVERTISEMENT

सिरहा । धनगढीमाई नगरपालिकाले ७५ प्रतिशत अनुदानमा स्प्रेयर वितरण गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो सामग्री वितरण गर्न लागेको हो । 

नगरपालिकाको अनुसार कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फाम तथा उद्यमीलाइ चार्जवाला  १८ लिटरको प्लाष्टिकको स्प्रेयर ट्यांकी वितरण गर्न लागेको हो । सम्बन्धित व्यक्तिले ६०००मध्ये १५०० रुपैयाँ व्यहोर्नु पर्ने नगरपालिकाले जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तथा समूहले जेठ १० गतेभित्र आवेदन दिन सक्नेछन् । नगरपालिकाले चालू आर्थिक वर्षमा १० वटा ट्यांकी वितरण गर्ने योजना रहेको जनाएको छ ।