close

वर्षाका कारण कालीकोट पचालझरना पालिकामा सडक अवरुद्ध

वर्षाका कारण कालीकोट पचालझरना पालिकामा सडक अवरुद्ध

Trulli
ADVERTISEMENT

काठमाडौं । कर्णाली काकरिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि सञ्चालन हुन सकिरहेको छैन । 

दैनिकजसो पानी परी सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले जानकारी दिए । 

‘हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले खुलाउन पहल गरेका छैनन्,’ उनले भने ।

सडक खुलाउनका लागि पहल थालेपनि डोजर नहुँदा समस्या भएको जनकारी दिँदै अध्यक्ष शाहीले भने, ‘सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छौँ, डोजर आउनासाथ सडक खुलाउने काम हुन्छ  ।’