close

मेलम्चीमा पहिरो, सडक अवरुद्ध

मेलम्चीमा पहिरो, सडक अवरुद्ध

Trulli
फाइल फोटो
ADVERTISEMENT

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक अवरुद्ध भएको छ ।

पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

वर्षा अहिले पनि भइरहेका कारण पहिरो पन्छाउन केही समस्या भए पनि जेसिबी पठाइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए ।

पहिरो गएको खबर पाउनेबित्तिकै मेसिन पठाइएको र अबको केही समयपछि यातायात सञ्चालन हुने प्रमुख उनको भनाइ छ ।

पहिरो गएपछि पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका सहित मेलम्ची नगरपालिकाको वडा नं ९ र १० मा आवात-जावतमा समस्या भएको छ ।

बेनी-जोमसोम सडक अवरुद्ध 

मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो