close

नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

Trulli
ADVERTISEMENT

चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध बनेको छ ।

भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा गएराति ठूलो पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो ।

पहिरोका कारण सडकमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

गत सोमबार यस सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा यातायातमा अवरोध हुँदै आएको थियो । 

पहिरोका कारण हरेक दिनजसो यात्रुले सास्ती भोग्नु परिरहेको छ ।