close

नारायणगढ–मुग्लिन सडकखण्ड सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड सडक अवरुद्ध

Trulli
ADVERTISEMENT

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत केराबारीमामा सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मौरीखोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

 पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार पहिरो पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको छ ।