close

हेलम्बु गाउँपालिका उर्लेनीमा पहिरोको जोखिम

हेलम्बु गाउँपालिका उर्लेनीमा पहिरोको जोखिम

Trulli
ADVERTISEMENT

काठमाडौं । हेलम्बु गाउँपालिका-५ स्थित उर्लेनीमा पहिरोको जोखिम बढेको छ । गत साउन २७ गते गएको पहिराको कारण सो स्थानमा अवस्थित २१ घर उच्च जोखिममा परेका हुन् । 

तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा परे पनि विस्तारै आफ्नो आकार बढाएपछि जोखिममा उच्च जोखिममा पर्ने घरको संख्या २१ पहिरो प्रभावित कान्छामान तामाङले बताए । 

उर्लेनीको बिसौनीबाट साप्रेसम्म करिब पाँच सय मिटर लामो पहिरो खस्दा त्यहाँका नागरिकको जनजीवन कष्टकर बनेको उनको भनाइ छ । 

यस्तै पहिरोका कारण बस्ती मात्र नभई तालामाराङ खोला आसपासका सयौँ रोपनी खेतीयोग्य जमिनसमेत जोखिममा परेको उनले बताए । 

हेलम्बु गाउँपालिका-५ मा पहिरो गएपछि दैनिक खोला बाढी आउने र मेलम्ची नगरपालिका–६ का नदीतटीय क्षेत्रका खेत धमाधम कटान भइरहेको  छ ।