दार्चुला । दार्चुलामा बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।
फरक फरक स्थानमा चार जनाको शव भेटिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए ।
दार्चुलाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा पहिराले १३ घर बगाएको छ । चार जना बेपत्ता भएका छन् ।
महाकाली नगरपालिका २ मैखोलीमा ७७ वर्षीय नन्दराम बोहरा मृत अवस्थामा भेटिएका छन् । नौगाड गाउँपालिका २, दललेखमा ६८ वर्षीय मोहनराम पार्कीको शव भेटिएको छ । आफ्नै घरले थिचेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नौगाड २ सल्लामा ३० वर्षीया जानकी ठगुना, १२ वर्षीया धनौली ठगुन्ना खोला किनारमा मृत भेटिएका छन् ।
उद्धार कार्य जारी छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।