close

आछामका ३ पालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७पुग्यो

आछामका ३ पालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७पुग्यो

Trulli
ADVERTISEMENT

काठमाडौं ।  अछामका विभिन्न पालिकामा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

रिजालका अनुसार कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद गाउँपालिका–५ मा ४ जना र ढकारी गाउँपालिका–६ मा एक जनाको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेका हो ।

तुर्माखाद तुर्माखाद गाउँपालिका–५ मा ५ जना र ढकारी गाउँपालिका–१ मा एक जना अझै बेपत्ता भएको बताउँदै उनीहरूको खोजी कार्य भइरहेको जानकारी दिए । 

यस्तै उनले घाइते ११ जनाको उद्धार गरिएको जानकारी दिँदै उनीहरुमध्ये ८ जनाको जिल्ला अस्पताल अछाम र तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमापर्फत सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको बताए ।