close

विपद्सँग जुध्दै लुम्बिनी साँस्कृतिक सरकार

विपद्सँग जुध्दै लुम्बिनी साँस्कृतिक सरकार

Trulli
ADVERTISEMENT

रुपन्देही - लुम्बिनी साँस्कृतिक नगरपालिकामा विपद् जोखिम न्युनीकरण तथा जलवायु परिर्वतन सम्बन्धी तालिम सम्पन्न भएको छ । विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा भएको ३ दिने तालिम सम्पन्न भएकाे हाे । 

 नगरपालिकाका नगरप्रमुख सजरुद्धीन मुसलमानले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यसको पुर्वतयारी गर्नुपर्ने बताए । 

सामान्यतया बाढी, आगोलागी, पहिरो, भुकम्प, चट्टान आदि पर्ने हुँदा सो घटनाबाट बच्नका लागि सावधानी अपनाउने र उद्धारका लागि तयार अवस्थामा बस्नुपर्ने कुरामा बढि जोड नगरप्रमुख मुसलमानले  जानकारी दिए ।

विपद्ले भय निम्ताउने बताउँदै यसको रोकथाम र उद्धारका लागि प्रतिकार्य तालिमले महत्वपुर्ण भुमिका खेल्ने उनले बताए ।विपद्ले मानवीय तथा भौतिक क्षति भैरहेको समाचार अखवारमा आईरहेको बताउँदै लुम्बिनीमा जोखिम हुनबाट बच्नका लागी प्रतिकार्य सचेतनामुलक तालिमले महत्वपुर्ण भुमिका खेलेको उल्लेख गरे।

विपद् परेको बेला उद्धारका लागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई उद्धार सामाग्री समेत प्रदान गर्दै आएको र यो तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्नु नगरप्रमुख मुसलमानले औँल्याउदै आगामी दिनमा समेत नगरपालिकाले विपद्जन्य कार्यक्रम गर्दै जाने बताए ।