close

करार कर्मचारीको म्याद थप गर्दै मुड्केचुला

करार कर्मचारीको म्याद थप गर्दै मुड्केचुला

Trulli
ADVERTISEMENT

डोल्पा । मुड्केचुला गाउँपालिकाले करार सम्झौता गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँ कार्यपालिकामा कार्यरत कर्मचारीको म्याद थपका लागि सम्झौता गर्न अनुरोध गरेको हो । 

सूचनाको अनुसार गाउँपालिकाको असार २८ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि मिति २०८० साउन १ गतेदेखि पौष महिना मसान्तसम्म ६ महिना करार म्याद थप गर्ने निर्णय गरेको छ। सोही निर्णय अनुसार गाउँपालिकामा करार सेवामा कार्यरत कर्मचारीलाई सम्झौता गर्न अनुरोध गरेको सो सूचनामा उल्लेख गरिएको छ । 

गाउँपालिकाले कर्मचारीको कार्यसम्पादन मूल्यांकन र कार्यालयको कामको आवश्यकताको आधारमा म्याद थप गर्न लागेको जनाएको छ । कर्मचारीले आगामी साउन ७ गतेभित्र गाउँपालिकामा आवेदन दिन सक्ने छन् । निर्धारित समयभित्र आवेदन नदिनेप्रति गाउँपालिकाले कुनै कारबाही नगर्ने सो सूचनामा उल्लेख गरेको छ । 

सम्झौता आवेदनका लागि आवश्यक कागजातहरु
१, व्यक्तिगत फाईल
२, सुरु नियुक्ति पत्रको प्रतिलिपि 
३, नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ थान