close

विद्युतीय पोलमा राखिएको तार हटाउँदै तिलाेत्तमा

विद्युतीय पोलमा राखिएको तार हटाउँदै तिलाेत्तमा

Trulli
ADVERTISEMENT

रूपन्देही- तिलोत्तमा नगरपालिकाले विद्युतका पोलमा राखिएका तारहरुको व्यवस्थापन गर्न थालेको छ । नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण आफैँ पोलमा चढेर तार हटाएर सो कार्यको सुरुवात गरेका हुन् । 

नगरपालिकाले बुधबारदेखि सडक किनारका विद्युतका पोलमा जथाभावी टाँगिएका विभिन्न सेवा प्रदायक कम्पनीहरुको तार व्यवस्थापन गर्न थालेको  जनाइएको छ । पोलमा जथाभावी टाँगिएको पोलले नगर क्षेत्रमा कुरुप बनाएकोले व्यवस्थापन गर्न थालेको जनाएको छ । नगरप्रमुख खाँणका अनुसार अव्यवस्थित तारले नगर क्षेत्रमा आगलागी तथा दुर्घटना समेत बढाएको छ । 


नगरपालिकाले बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगिकुटी चोकबाट उक्त कार्यको  सुरूआत गरेको हो । पोलमा राखिएका तारहरूलाई हटाउन नगरपालिकाले सरोकारवालालाई उनले अनुरोध गरेका छन् । 

नगरपालिकाले तार हटाउनका लागि सम्बन्धित निकायलाई पटक पटक अनुरोध गरेतापनि कुनै सुनुवाई नभएकोले पालिकाले आफैँले तार व्यवस्थापन गर्न थालेको हो ।