close

प्रभावकारितालाई ध्यानमा राखी 'अनुगमन सूचक' बनाउँदै काठमाडौँ महानगर

सच्चिनका लागि बाटो देखाउन अनुगमन : उपप्रमुख डंगाेल

प्रभावकारितालाई ध्यानमा राखी 'अनुगमन सूचक' बनाउँदै काठमाडौँ महानगर

सच्चिनका लागि बाटो देखाउन अनुगमन : उपप्रमुख डंगाेल

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौं महानगरपालिकाले अनुगमनलाई प्रभावकारी बनाउनका लागि सूचक बनाउँदै आएको छ । महानगरपालिका क्षेत्रमा हुने विभिन्न अनुगमन मूल्यांकनलाई प्रभावकारी बनाउन महानगरले सूचक बनाउँदै आएकाे हाे ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महानगरपालिकाले अनुगमन सूचक बनाउँदै आएको जनाएकी हुन् । उनले स्टाटसमा लेखेकी छिन्, ‘अनुगमन मूल्याङ्कनको संस्थागत प्रणालीका लागि हामी सूचक निर्माणमा छौँ ।’

उनले अनुगमनले हतोत्साह नगरी निर्माण, सेवालगायत क्षेत्रको मापदण्ड, गुणस्तर, नापतौल  सुधारका लागि सच्चिनका लागि बाटो देखाउने बताइन्। सोही क्रममा जनस्वास्थ्य र सार्वजनिक विषयमा सिधैँ असर गर्ने, कानुन विपरीतका कसुर गर्नेलाई सचेत गराउने तथा दण्ड जरिवाना तिराउने गरिएको उनले जनाइन्। 

‘काठमाडौँ महानगरपालिकाको दायित्वमा पर्ने तथा आम नागरिकले सेवा तथा क्षेत्रका अपेक्षा गरेको उपलब्धिलाई लागत प्रभावी, मितव्ययी, प्रभावकारी तथा दिगो बनाउन साझा र क्षेत्रगत सूचकले मात्र अनुगमनको प्रणाली विश्वाश योग्य बनाउँछ,’ उनले लेखेकी छिन्, ‘यसका लागि ‘अनुगमन तथा मूल्याङ्कन समिति’ले महानगरपालिकाका सबै विभाग, आयोजना, एकाई र सचिवालयसँग सम्बन्धित ‘अनुगमनका सवाल’ विषयमा अनुभव, दृष्टिकोण, सिकाइका विषयमा जानकारी लिएका छौँ ।’

उनले  अनुभव र पृष्ठपोषणका आधारमा  महानगरले अनुगमन गर्नु पर्ने क्षेत्रसँग सम्बन्धित आधारभूत (साझा) र क्षेत्रगत विषयमा फरक फरक खालका सूचक निर्माण गरेको बताइन् । ‘यी सूचकका आधारमा गरिने अनुगमनको प्रक्रिया, सहभागी र नतिजा मापन गरिने कार्यप्रणालीका लागि कार्यविधि निर्माण गर्दैछौँ । 

'यससँगै मूल्याङ्कन दिग्दर्शन निर्माण हुनेछ । यस प्रणालीबाट अनुगमन गरेर नतिजा सुधार गर्ने दिशामा काम हुनेछ,' उनले लेखेकी छिन् । महानगरपालिकाले अनुगमनका कामलाई आकस्मिक र नियमित बजार अनुगमनका काम भइरहेको बताइन् । 

‘नीति कार्यान्वय, वार्षिक कार्ययोजना, खरिद योजना तथा अनुगमन मूल्याङ्कन अन्तरसम्बन्धित छन् । पूर्वाधार निर्माण (वार्षिक योजनामा समावेश भएका, संघ र प्रदेश सरकारका), सेवा (शिक्षा, स्वास्थ्य), बजार (खाद्य, पेय, माछा मासु, दूग्ध पदार्थ, तरकारी, फलफुल लगायत), वित्तिय अनुशासन (राजस्व र खर्च प्रणाली), सामाजिक क्षेत्रसहित आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित बनाउन प्रभावकारी अनुगमन प्रणालीको संस्थागत विकासमा गर्न अहिले हामी काम गरिरहेका छौँ,’ उनले स्टाटसमा उल्लेख गरेकी छिन् ।