close

गत असार १० गतेभित्र भइसक्नुपर्ने महादेवाको गाउँसभा असोज १० मा

गत असार १० गतेभित्र भइसक्नुपर्ने महादेवाको गाउँसभा असोज १० मा

Trulli
ADVERTISEMENT

सप्तरी - महादेवा गाउँपालिकाले असोज १० गते गाउँसभा गर्ने भएको छ । गाउँपालिकाले वडाध्यक्ष र जनप्रतिनिधिसँग छलफल गरी तीन महिनापछि मात्रै गाउँसभा गर्न लागेको हो । 

चालू आर्थिक वर्ष २०८०/०८१ का लागि स्थानीय सरकारले असार १० गतेभित्र नीति तथा कार्यक्रम सम्पन्न गरी असार मसान्तभित्र गाउँसभा वा नगरसभा गर्नुपर्ने प्रावधान छ । तर वडाध्यक्षहरुबीच बजेट सिलिङको विवाद भएपछि गाउँसभा नभएको गाउँपालिकाका अध्यक्ष सुनीलकुमार मण्डलले पालिकाखबरलाई जानकारी दिए । 

उनका अनुसार गाउँपालिकाले सबै जनप्रतिनिधिसँग छलफल गरी नीति तथा कार्यक्रम ल्याइसकेको छ । आवश्यक छलफल गरेर सहमति गरेर गाउँसभा गर्न लागेको उनले बताए । 

गाउँसभा नभएपछि गाउँपालिकाको आर्थिक कारोबारसमेत रोकिएको उनले सुनाए । तर सामान्य सेवाहरू नियमित रुपमै सञ्चालनमा रहेको उनको दाबी छ । गाउँसभा भएपछि सबै सेवा पूर्ण रुपमा सञ्चालन हुने उनले जानकारी दिए ।