close

अवैध संरचना हटाउन ३० दिने सूचना निकालेर ६० दिनसम्म हेर्‍या हेर्‍यै..

अवैध संरचना हटाउन ३० दिने सूचना निकालेर ६० दिनसम्म हेर्‍या हेर्‍यै..

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- मुसिकोट नगरपालिकाले अवैध संरचना हटाउन जारी गरेको सार्वजनिक सूचना दुई महिना बित्यो तर अहिले सम्म एउटा पनि संरचना हटाइएको छैन । मुसिकोटका स्थानीयले यसअघि भोग चलन गर्दै आएका अवैध संरचना हटाउन गत साउनमा सार्वजनिक सूचनामार्फत नगरपालिकाले ३० दिनभित्र हटाउन निर्देशन दिएको थियो ।

सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरे अनधिकृत संरचना हटाउन भौतिक रूपमा  तथा कानुनी रुपमा नै उत्रिने भन्दै मुसिकोटले जानकारी मात्रै गराएको तर कार्यन्वयन नगरेको स्थानीयको भनाइ छ । 

‘पहिले जस्तो अटेर गर्ने बानी छ केही परिवर्तन आउछ कि भनेको अवस्था उस्तै छ, अब चाडबाड सकिए लगत्तै अवैध भौतिक संरचना हटाउछौँ ।’ नगरप्रमुख महेन्द्र केसीले पालिकाखबरसँग भने, ‘अब सार्वजनिक जग्गा मिचेर निर्माण भएका सबै संरचनामाथि डोजर चलाउने छौं।’

सेरीगाउँ, बागबजार, खलङ्गाबजार, र सल्ले लगायत स्थानका नागरिकले कानूनी आधार नभएका अवैध संरचना सञ्चालन गर्दै आएका छन् । नगरपालिकाभित्रका सडक छेउमा जथाभावी बनाइएका घर, टहरा तथा घुम्तीहरुले सडक दुर्घटना बढ्ने र पैदल यात्रीलाई समेत असर पर्दै आएको छ ।