close

भूकम्प पीडितलाई रैनादेवी छहराको ३ लाख सहयोग

भूकम्प पीडितलाई रैनादेवी छहराको ३ लाख सहयोग

Trulli
ADVERTISEMENT

पाल्पा- रैनादेवी छहरा गाउँपालिकाले जाजरकोट र रुकुम पूर्वका भूकम्प पीडितलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । 

गाउँ कार्यपालिकाको बैठकले भूकम्प प्रभावितका लागि तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । रैनादेवी छहराको कार्यपालिका बैठकले जनप्रतिनिधि जनप्रतिनिधिको सुविधा कटाएर राहत, उपचार, पुनस्थापनका र पुनःनिर्माणमा सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले पालिकाखबरलाई बताए । 

अध्यक्ष भट्टराईका अनुसार अध्यक्ष र उपाध्यक्ष युवराज थापाले पाँच दिनको सुविधा वडाअध्यक्षहरुले दुई दिनको र अन्य वडा सदस्यहरुले एक दिन बराबरको सुविधा सहयोग गर्ने निर्णय भएको हो ।