close

अरुणको नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन

अरुणको नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन

Trulli
ADVERTISEMENT

भोपजुर - अरुण गाउँपालिकाको नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गरेको छ । गाउँपालिकाका अध्यक्ष सालिकराम खत्री, संविधान सभा सदस्य लोकमणि ढकाल र उपाध्यक्ष विनीता ढकालको उपस्थितीमा बिहीबार एक कार्याक्रमको आयोजना गरी नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गरेको हो । 

गाउँपालिकाको केन्द्र प्याउलीस्थित स्वास्थ्य चौकीसँग जोडिएको जग्गामा निर्माण सो भवनको उदघाटन गरेको हो । गाउँपालिकाले एक करोड ९९ हजार ८४३ रुपैयाँ खर्च गरी सो भवन निर्माण गरेको जनाइएको छ । 

 गत जेठ २ गतेबाट मिडहिल कन्स्ट्रक्सन प्रालिले निर्माण कार्य सुरुगरी गत मङ्सिरमा काम सम्पन्न पश्चात् पालिकालाई चाबी हस्तान्तरण गरेपछि गाउँपालिका प्रशासनिक ट्रस भवन उद्घाटन हो ।