close

बुढानीलकण्ठमा सार्वजनिक सुनुवाई सम्पन्न

बुढानीलकण्ठमा सार्वजनिक सुनुवाई सम्पन्न

Trulli
ADVERTISEMENT

काठमाडौं– बुढानीलकण्ठ नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा हालसम्म सम्पादन गरेका कामको प्रभावकारीता तथा नागरिकको सुझाव र गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।

नगरपालिकाले गरेका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शीता सुनिश्चीत गर्नका लागी प्रत्येक ४ महिनामा सार्वजनिक सुनुवाई गर्ने गरेको नगर प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम अर्यालले बताए। कार्यक्रम मार्फत उनले चालु आर्थिक वर्षको साउनयता भएका सम्पुर्ण योजना, कार्यक्रम तथा गतिविधीहरुको विस्तृत विवरण पेश गरेका थिए । 

कार्यक्रममा नगरपालिकाले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा १७ जना नागरिकहरुले आफ्नो गुनासो, प्रतिक्रिया र सुझावहरु प्रस्तुत गरेको जनाइएको छ ।