close

नगरपालिकाको लोगोमा नेपाल-अंग्रेज युद्धको झल्को

नगरपालिकाको लोगोमा नेपाल-अंग्रेज युद्धको झल्को

Trulli
ADVERTISEMENT

रुपन्देही- बुटवल उपमहानगरपालिकाले नगर प्रतिक चिह्न प्रचलनमा ल्याएको छ । नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिश समितिबाट प्रतिक चिह्न छनाेट गरी प्रयाेगमा ल्याएकाे हाे । 

प्रतिक चिह्नलाई बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेका थिए । नगरले प्रचलनमा ल्याएको प्रतिक चिह्न बुटवलको नेपाल-अंग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीजस्ता संकेतहरु रहेका छन्।

नगर प्रवक्ता शिव रानाको संयोजकत्वमा रहेको सिफारिश समितिको बैठकले करिब १०० भन्दा बढी प्रतिक चिह्नहरुमध्येबाट ३ वटा प्रतिक चिह्न कार्यपालिका बैठकमा पठाएको थियो। तीन वटा प्रतिक चिह्नमध्ये न्यौपानेको प्रतिक चिह्नले बुटवलको कला संस्कृति र परिवेश झल्काउने भएकाले सो प्रतिक चिह्न छनौट भएको प्रवक्ता रानाले बताए।

कार्यपालिकाको बैठकको निर्णयअनुसार गत भदौमा बुटवल उपमहानगरपालिकाले बुटवलको पहिचान झल्किने गरी लोगो निर्माण गरी पेश गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो।

लोगो निर्माण गर्दा उपमहानगरपालिकाको नाम र नेपालको झण्डा अनिवार्य, उपमहानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्किने हुनुपर्ने प्रावधान रहेको थियो।

छनोट भएको उत्कृष्ट प्रतिक चिह्न (लोगो)लाई बुटवल उपमहानगरपालिकाले आफ्नो प्रतिक चिह्नका रुपमा प्रयोग गर्ने र प्रतिक चिह्न बनाउने न्यौपानेलाई उपमहानगरपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने प्रवक्ता रानाले बताए।