close

सामुदायिक वनको जग्गामा प्रशासकीय भवन बनाउँदै छत्रकोट

सामुदायिक वनको जग्गामा प्रशासकीय भवन बनाउँदै छत्रकोट

Trulli
ADVERTISEMENT

गुल्मी– छत्रकोट गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको वडा नं ३ चोयगामा निर्माण गर्न लागेको प्रशासकिय भवनको बुधबार शिलन्यास भएको हो । 

२०८२ मंसिरमा निर्माण सम्पन्न गर्ने गरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न लागिएको पालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बताए । सोको लागि अम्बे माँ बलदेव जेभी कम्पनीसँग ९ करोड ११ लाख ७९ रुपैयाँ लागतमा निर्माण गर्ने सम्झौता भएको उनले जानकारी दिए । 

पालिका अध्यक्ष पाण्डेयले भने, ‘वनको जग्गा लिएर प्रशासकीय भवन बनाउन लागेका छौँ । यस्तो गर्ने सम्भवतः हामी पहिलो पालिका हौँ ।’ कानुनतः सामुदायिक वनमा पालिकाले भवन बनाउन पाइँदैन । तर पालिकाको जग्गासँग सामुदायिक वनको जग्गा सट्टा गरेर ६ रोपनीमा प्रशासकीय भवन निर्माण गर्न लागिएको उनले जानकारी दिए । 

सो नयाँ भवन साढे तीन तलाको रहने छ । ३२ कोठा रहने भवन अपांग मैत्री र बालमैत्री रहने पालिका अध्यक्ष पाण्डेयले बताए । 

हाल पालिकाको सभा हललाई वर्गीकरण गरेर गाउँपालिकाले स्थानीयलाई सेवा उपलब्ध गराइरहेको छ । सो सभा हलबाट निर्माण हुन लागेको प्रशासकीय भवन सय मिटरको दुरीमा रहेको उनले बताए ।