close

रौतामाईको नयाँ प्रशासकीय भवन

रौतामाईको नयाँ प्रशासकीय भवन

Trulli
ADVERTISEMENT

उदयपुर - रौतामाई गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो भवनको उद्घाटन गरेका हुन् । 

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतका अनुसार सो भवन सात कराेड ८७ लाख रुपैयाँको लागतमा निर्माण भएको हो ।  २०७७ साल असोज ११ मा सम्झौता गरी शिलान्यास निर्माण सुरु भएको सो भवन गत भदौ ११ गने सम्पन्न भएकोे उनले पालिकाखबरलाई सुनाए ।

वडा नम्बर २ भुट्टारमा निर्मित सो भवनमा २८ वटा कोठा रहेका छन् । अपांगमैत्री सो भवनको लागि लिफ्टकोसमेत व्यवस्था हुने उनले सुनाए  ।

शनिबार  नवनिर्मित प्रशासकीय भवनको उदघाटन भए पनि केही दिनपछि मात्रै सेवा प्रवाह हुने उनले बताए । नवनिर्मित भवनमा फर्निचरसँगै केही काम बाँकी रहेकोले आगामी १० दिन पछि सोही भवन मार्फत सेवा सञ्चालन हुने सुनाए । 

गाउँपालिकाले हाल आफ्नौ भवनबाट सेवा सञ्चालन भए पनि ठाउँ साँघुरो भएकाले समस्या हुँदै आएको उनले सुनाए । ठाउँ साँघरो भए पनि ४ देखि ५ वटा शाखा सञ्चालन भएको उनले बताए । नवनिर्मित भवन प्रयोगमा आएसँगै सेवाग्राहीलाई सहज हुने उनको विश्वास छ ।