close

पालिकामा आजका २० प्रमुख खबर

पालिकामा आजका २० प्रमुख खबर

ADVERTISEMENT

पालिकामा आज

१. जिप दुर्घटनामा परेर सात जनाले अकालमा ज्यान गुमाएपछि बझाङको मष्टा गाउँपालिकाले दियो एक दिने शोक बिदा, बुधबार मेलाबाट घर फर्किरहेका यात्रु सवार जिप दुर्घटना भएको थियो । (मष्टा शोकमा डुुब्यो) 
२. काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्‍यो डेंगु नियन्त्रणको काम,  वडा नम्बर ५, ६, ७ र ९ मा डेंगु नियन्त्रणका लागि स्प्रे गरिँदै,सबै वडामा कार्यक्रम सञ्चालन हुने । (डेंगु नियन्त्रणको पहल )
३. आन्तरिक राजश्व कार्यालय विराटनगरले उठाउँदै आएको घर बहाल कर अब बिराटनगर महानगरपालिका आफैँले उठाउने,संविधानले तोके बमोजिम नै कर उठाउने नगरप्रमुख कोइरालाको भनाई । (घरबहाल कर अब महानगरवाटै)
४.पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिराहाको गोलबजार चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिँदा बसमा सवार ३० जना यात्रु घाइते,घाइतेहरूको स्थानीय अस्पताल र गम्भीर घाईतेलाई बिराटनगर लगियो । (राजमार्गमा दुर्घटना )
५.सर्लाहीको बागमती नगरपालिकाको  सगुन सहकारी संस्थाका कर्मचारी साजन कार्कीलाई गोली प्रहार गर्ने चार जना पक्राउ, पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक । (चार जना पक्राउ)
६.तिहारको धनतेरसलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले थाल्यो सुन र चाँदीका असर्फी बिक्री, टक्सार विभागबाट साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक एक थान असर्फी किन्न पाइने। (तिहारमा असर्फी )
७.पर्साको  ठोरी–३ ब्रह्मानगरमा खानेपानीको हाहाकार, एक सय ५० घरधुरीका लागि जम्मा एक धारा, टोलमा रहेको एउटा समरसेवल पम्प चलाएर दैनिक एक घण्टामै पानीको जोहो गर्नुपर्ने बाध्यता ।(काकाकुल ब्रह्मनगर)
८.कर्णालीमा पहिलो पटक दुई वर्षपछि  दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् बोर्डको निर्णय,  तर कुन महिना भन्ने विषयमा लागेन  टुंगो ।(अब कर्णालीमा )
९.तिहार तथा छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री वितरणमा प्रतिबन्ध, बिक्री वितरण गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने वन तथा वातावरण मन्त्रालयले चेतावनी ।