close

महेन्द्र गेनाई स्मृति प्रसुती तथा बाल कल्याण अस्पताल सञ्चालनमा ल्याउँदै धनगढीमाई

महेन्द्र गेनाई स्मृति प्रसुती तथा बाल कल्याण अस्पताल सञ्चालनमा ल्याउँदै धनगढीमाई

Trulli
ADVERTISEMENT

सिराहा  । धनगढीमाई नगरपालिका महेन्द्र गेनाई स्मृति प्रसुती तथा बाल कल्याण अस्पताल सञ्चालनमा आउने भएको छ । करिब एक दशक अघि भारतीय सरकारको सहयोगमा निर्माण भएको सो अस्पताल सञ्चालनमा आउने लागेको हो । 

अस्पताल भवन निर्माण भएको एक दशक पुरा भएपनि आवश्यक बजेटको अभावले सेवा सञ्चालनमा आउन सकेको थिएन । कोरोना महामारीको समयमा सो भवनलाई कोरोना अस्पतालको रुपमा सञ्चालन गरिएको थियो । हाल नगरपालिकाले आवश्यक बजेट विनियोजन गरी सञ्चालनमा ल्याउन लागेको नगरपालिकाले जनाएको छ । 

अस्पताल सञ्चालनमा आएसँगै बाल रोग तथा प्रसुतीसँगै विभिन्न सेवा लिन सक्ने नगरपालिकाले जनाएको छ । ५० शैया क्षमतामा निर्माण भएको सो अस्पतालमा आवश्यक कर्मचारी र पूर्वाधारको व्यवस्थापन भएसँगै आगामी एक सातापछि सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ । 

सुरुमा प्रसुती तथ बाल रोगको विशेषज्ञसहितको सेवा सञ्चालनमा ल्याइने छ । विस्तारै अन्य सेवाहरु समेत वितरण सुरु गर्ने नगरपालिकाले जनाएको छ । 

स्वास्थ्यको सेवा दिएसँगै आम नागरिकको पहुँच पुग्ने भएकोले नगरपालिकाले सञ्चालनको लागि पहल गरेको हो ।  अस्पतालको लागि आवश्यक सहयोगको लागि विभिन्न दातृ निकायसँग छलफल भइरहेको  नगरपालिकाले जनाएकाे छ ।

अस्पताल सञ्चालनमा आएसँगै स्थानीयसँगै छिमेकी जिल्लाबासिले पनि सेवा लिन सक्ने नगरपालिकाले जनाएको छ ।(भिडियोसहित)