close

भक्तपुरका साँस्कृतिक गुरु नगरपालिकामा, लिखुपिकेको औषधि घरघरमा

भक्तपुरका साँस्कृतिक गुरु नगरपालिकामा, लिखुपिकेको औषधि घरघरमा

Trulli
ADVERTISEMENT

१, खपतमध्ये ३० युनिटको महसुल तिर्दै वीरगञ्ज 
पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ । 
यसका लागि महानगरले  महानगरपालिकाभित्र विद्युत् उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्ज र सिमरासँग वितरण केन्द्रसँग छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरी सो कार्य अघि बढाएको  वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  लक्ष्मीप्रसाद पौडेलले बताए
महानगरपालिकाले यसअगावै महानगर क्षेत्रमा घरेलु मिटर प्रयोग गर्दै आएका १० हजार नौ सय २४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क तथा इनर्जी शुल्क र कृषि सिँचाइका लागि लिइएको ७० वटा सिँचाइ मिटरमा उठ्ने सम्पूर्ण शुल्क भुक्तानीको दायित्व महानगरपालिकाले व्यहोर्ने निर्णय गरेको थियो । वीरगञ्ज महानगरपालिकाले अनुसार उक्त सम्झौता यही पुस १ गतेदेखि लागू हुने जनाएको छ ।

२  भक्तपुरमा साँस्कृतिक गुरुको भेला
भक्तपुर नगरपालिकाले साँस्कृतिक गुरुहरुको भेला गरेको छ । नगरपालिकाको स‌ंस्कृति र कलाको संरक्षणा गर्नको लागि दश वटै वडाका साँस्कृतिक गुरुहरुको भेला गरेको हो । 

कार्यक्रममा नगरप्रमुख सुनील  प्रजापतिले नगरपालिकाले कला संस्कृतिलाई जगेर्ना गर्न प्रत्येक वर्ष गाईजात्राको अवसरमा साँस्कृतिक विधाहरुको मूल्यांकन गरी पुरस्कार दिँदै आएको बताए । उनले हरेक वर्ष एक विधामा बाजा प्रतियोगिता गर्ने निर्वाचन घोषणापत्र कार्यान्वयन गर्न राय सुझाव संलकन गर्ने भेलाको उद्देश्य रहेको बताए ।

३ सुन्दरबजारमा कोसेली घर 
सुन्दरबजार नगरपालिकाले  प्रशासकीय भवनमा कोसेली घर निर्माण गर्दै आएको छ  । नगरपालिकाले वडा नम्बर ६ ठाँचीचौरस्थित कोसेली घर निर्माण गरेको हो। 

यहाँ स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्ने र पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले कोसेली घर निर्माण गरेको जनाइएको छ । घर निर्माणको लागि नगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


४ नदिजन्य पदार्थका लागि ठेक्कापट्टा आव्हान
मोदी गाउँपालिकाले नदिजन्य पदार्थको आय संकलनको ठेक्कापट्टाको लागि शिलबन्दी आह्वान गरेको छ ।
ढुङ्गा, बालुवा, गिटी, रोडा लगायतका नदीजन्य पदार्थको आय संकलन ठेक्कापट्टा मार्फत गर्नुपर्ने गाउँपालिकाको कानुनमा छ। 
ठेक्कामा लिन चाहनेले यहि पुष २१ गते दिउँसोको १२ बजेसम्म सिलबन्दी दरभाउ पत्र दाखिला गर्न सक्नेछन्।
सिलबन्दी दरभाउ फारम भरेर कर सहितको कबुल रकमको पाँच प्रतिशत धरौटी सहित शिलबन्दी दरभाउ पत्र दाखिला गनुृपर्ने गाउँपालिकाले जनाएको छ।


५ झिमरुकमा स्वास्थय शिविर
झिमरुक गाउँपालिकाले स्वास्थ्य शिविर गर्ने भएको छ ।  गाउँपालिकाले एक सूचना जारी गर्दै स्थानीय बासिन्दाको स्वास्थ्य परिक्षणको लागि शिविर आयोजना गर्न लागेको जनाएको छ । 
सूचना अनुसार आगामी  ९ र १० गते वडा नम्बर ५ स्थित गौमुखी क्याम्पसमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको पालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले बताए । 
स्वास्थ्य निर्देशनालय बुटवल रुपन्देही र गाउँपालिकाको सहकार्यमा सो शिविर हुन लागेको उनले बताए । उनका अनुसार शिविरमा नाक, कान, घाँटी, स्त्री रोग, छाला रोग र विभिन्न रोगबारे सेवा सञ्चालन हुने छ । 


६ दीर्घरोगीलाई घरघरमा औषधि
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । 

आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका पालिकावासीलाई स्थानीय सरकारले राहतस्वरुप यो कार्यक्रम ल्याएको अध्यक्ष मीना कार्की बस्नेतले बताइन् । स्वास्थ्यकर्मीलाई खटाई घरघरमै पुगेर औषधि वितरणसँगै स्वास्थ्य परीक्षणसमेत गरिने उनको भनाइ छ ।


७ प्रथम मेयर कप रत्ननगरको पोल्टामा
रत्ननगर नगरपालिकाद्धारा आयोजित पालिकास्तरीय प्रथम मेयरकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गत मंसिर २८ गते सुरु भएको खेलमा आयोजक रत्ननगर नगरपालिकाले जित हासिल गरेको छ । 
रत्ननगर नगरपालिका टोली र मादी नगरपालिका टोलीबीच पुस २ गते भएको अन्तिम खेलमा मादीलाई हराउँदै जित हासिल गरेको हो । त्यसै गरी दोस्रो स्थानमा मादी नगरपालिका रहेको नगरपालिकाका  शिक्षा शाखा प्रमुख बद्रीनारायण शर्माले बताए । उनका अनुसार प्रथम बनेको टोलीलाई एक लाख एघार हजार १११ र दोस्रो बनेको मादीको टोलीलाई ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार वितरण गरेको छ ।