close

मोदी सरकारको अनुदान, झिमरुकको राहत

मोदी सरकारको अनुदान, झिमरुकको राहत

Trulli
ADVERTISEMENT

 सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा
नवलपरासीको कावासोती नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयले सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु गरेका छन् । सामुदायिक विद्यालयमा पाठयक्रमले तोकेको सिकाइ उपलब्धि कम भएको भन्दै पालिकाले उपचारात्मक कक्षा सुरु गरिएको हो । 

चालु शैक्षिक सत्रलाई सिकाइ उपलब्धि वृद्धि वर्षकोरुपमा अगाडि बढाएको कावासोती नगरपालिकाको शिक्षा शाखाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा अनिवार्यरुपमा उपचारात्मक कक्षा सञ्चालन गर्न अनिवार्य गराएको नगर शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिए।

कक्षा कोठामा शिक्षकले आधार परीक्षा लिएर विद्यार्थीको स्तर पत्ता लगाई कमजोर, मध्यम र उत्तम गरी तीन समूहमा विभाजन गरेर कक्षा सञ्चालन गर्ने गरिएको अधिकृत पाण्डे बताउँछन् ।

कृषि कार्यक्रममा सहभागी हुन मोदी सरकारको अनुरोध

पर्वतको मोदी गाउँपालिकाले कृषि कार्यक्रम सञ्चालनको लागि आवेदन माग गरेको छ । बुधबार गाउँपालिकाले एक सूचना जारी गर्दै अनुदानमा आधारित कृषि कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार नमुना प्राङ्गारिक कृषि गाउँ स्थापना, मौरी घारमा साझेदारी कार्यक्रम, कृषि यान्त्रिक र कृवि खेती प्रवद्र्धन साझेदारी कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सो कार्यक्रम सञ्चालनको लागि गाउँपालिकाले अनुदान रकम प्रदान गर्ने  सूचनामा उल्लेख गरिएको छ । 
इच्छुक व्यक्ति ,सहकारी संस्था, फार्म तथा कृषि समूहले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन अनुरोध गरेको छ ।

अनुदानमा स्प्रेयर वितरण गर्दै जहदा सरकार
मोरङको जहदा गाउँपालिकाले अनुदानमा पावर स्पे्रयर वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार चालू आर्थिक वर्ष २०७९ र ०८० को कृषि कार्यक्रम अन्तर्गत ६० प्रतिशत अनुदानमा स्प्रयेर वितरण गर्न लागेको हो । इच्छुक व्यक्ति तथा सहकारी संस्थाले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले ४० प्रतिशत अर्थात् २४१६ रुपैयाँ विराटनगरस्थित माछापुच्छ्रे बैंकमा जम्मा गर्नु पर्ने गाउँपालिकाले जनाएको छ । आवश्यक सम्पूर्ण कागजात कृषि शाखामा बुझाउने पर्ने गाउँपालिकाले जनाएको छ ।

सुविधाभत्ताबाट विद्यार्थीलाई न्यानो कपडा
भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले ७२ जना विद्यार्थीलाई ट्र्याक सुट बितरण गरेको छ । बुधबार एक कार्यकमको समारोहमा नगर उपप्रमुख बुढाथोकीले वडा नम्बर ६ स्थित गडगडे आधारभूत विद्यालयका विद्यार्थीलाई ट्र्याक सुट वितरण गरेका हुन् । 

उनले आफूले पाएको सेवा र सुविधाबापतको रकमबाट सो सहयोग गरेको जनाएका छन् । उनले स्थानीय निर्वाचन पूर्व स्वघोषणा अनुरुप सेवा सुबिधा बापतको रकम महिला तथा बालबालिका हितका निमित्त खर्चिदै आएको बताए ।
 

जन्मदिनको अवसरमा विपन्नलाई राहत
प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष  प्रमोद पोख्रेलले विपन्न परिवारलाई सहयोग गरेको छ । उपाध्यक्ष पोख्रेलले आफ्नो जन्मदिनको अवसरमा अति विपन्न परिवारलाई सहयोग गरेको हो । 

उनले विगतको जन्मदिनमा पनि विपन्न परिवारलाई सहयोग गर्दै आएको जनाएका छन् । उनका अनुसार यो वर्ष गाउपालिका ६ मर्कावाङमा पुगेर ५ बिपन्न परिवारलाई खाद्यान्न दाल, तेल,नुन चामल सहयोग गरेका हुन् ।

५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण गर्दै नेचासल्यान
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका तरकारी खेतीका लागि प्लाष्टिक टनेल अनुदानमा दिने भएको छ। गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै प्लाष्टिक टनेलमा ५० प्रतिशत अनुदान दिने जनाएको हो। 
साथै नयाँ आलु पकेट विकास कार्यक्रम र एक वडा एक उत्पादन कार्यक्रम गाउँपालिकाले सञ्चालन गर्न लागेको जनाएको छ । 
अनुदान तथा उत्पादनको कार्यमा सहभागि हुन चाहने इच्छुक कृषक, कृषक समुह तथा फर्म, कृषक सहकारीलाई तोकिएको कागजात सहित सुचना जारी भएको एक हप्ताभित्र उपस्थित हुन पालिकाको अनुरोध छ ।
 

निःशुल्क कृषि चुन वितरण गर्दै पनौती
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले भोलि ९बिहिबार० कृषि चुन वितरण गर्ने भएको छ । नगरपालिकाले माटो परिक्षण गरेको कृषकलाई निःशुल्क कृषि चुन वितरण गर्ने जनाएको छ ।

नगरपालिकाको कृषि शाखाबाट बिहान १० बजेदेखि चुन वितरण गर्न लागेको वरिष्ठ प्रशासनिक अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए । उनका अनुसार चालू आर्थिक वर्षको माटो परिक्षण तथा कृषि चुन वितरण कार्यक्रम अन्तर्गत चुन वितरण गर्न लागेको हो । 

माटो परिक्षण कार्यक्रममा सहभागी भएका स्थानीयले नमुना पेश गरी कार्यालय आउन अनुरोध गरेको छ । माटो परिक्षणको नमुना पेश गरी चुन र रिपोर्ट लिन सक्ने नगरपालिकाले जनाएको छ ।