close

बाग्लुङमा दमकल अभाव, मालिकाका स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग (भिडियाेसहित)

बाग्लुङमा दमकल अभाव, मालिकाका स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

 मालिकाको स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग
म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आइतबार उपकरण सहयोग गरेको छ  । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले केन्द्रलाई रु ४२ लाख मूल्य बराबरको उपकरण सहयोग गरेको हो । 

लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तराष्ट्रियको फाउण्डेशनको कोषबाट उपकरण खरिद गरेर उपलब्ध गराएको हो । रु ४२ लाख मूल्य बराबरको उपकरण उपलब्ध गराइएको लायन्स क्लब अफ म्याग्दी दरवाङका अध्यक्ष थमन गौतमले जानकारी दिए।
 

 बाग्लुङको स्थानीय तहमा छैनन्, दमकल 
बागलुङको दश पालिकामध्ये नौ पालिकामा दमकल छैनन् । बागलुङका  नौं स्थानीय तह  दमकलविहीन हुँदा आगलागीका घटनामा ठूलो धनजनको क्षति पुग्दै आउँदासमेत दमकल खरिदमा यहाँका पालिकाले चासो दिन सकेका छैनन् । 
बागलुङ नगरपालिका बाहेकका अन्य नगरपालिका र गाउँपालिकाले दमकलको आवश्यकता हालसम्म नदेख्नु दुखद् रहेको जनाइएको छ ।
बागलुङ बजारपछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिवाङ, विकासोन्मुख सहर गलकोट र कुश्सिेरा बजारमा समेत दमकलको पहुँच पुग्नसकेको छैन । गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बढिगाड गाउँपालिका र बरेङ गाउँपालिकामा दमकल छैनन् ।
 

 संस्थागत स्वमूल्याङ्कनमा व्यास नगरपालिकाले ८७ दशमलव पाँच प्रतिशत 
स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा व्यास नगरपालिकाले ८७ दशमलव पाँच प्रतिशत प्राप्त गरेको छ । विभिन्न सूचकका आधारमा नगरपालिकाले उक्त प्रतिशत प्राप्त गरेको हो । आर्थिक वर्ष २०७८र७९ मा सम्पादित कार्यक्रमलाई आधारमानी उक्त मूल्याङ्कन गरिएको हो ।

 गत आर्थिक वर्ष २०७८र७९ मा नगरपालिकाले ८९ प्रतिशत प्राप्त गरेको जनाइएको छ ।  नगरपालिकाले समग्र स्थितिमा ९० दशमलव ४८, प्रक्रियागत स्थितिमा ८५ दशमलव २९ र परिमाणात्मक स्थितिमा ८७ दशमलव ७८ प्रतिशत प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए।
 

 अस्पतालको क्षमता बढाउन आँबुखैरनीको पहल
तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ । पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो ।  

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी क्षेत्रमा एक सय शय्या क्षमताको अस्पताल अतिआवश्यक भइसकेको बताए । आँबुखैरेनी तथा आसपासका जिल्लाका सर्वसाधारणलाई गाउँठाउँमै स्वास्थ्य सेवा दिन एक सय शय्या क्षमताको अस्पताल निर्माण गरिने चुमानले बताए। त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको चुमानले उल्लेख गरे ।
 

 जेष्ठ नागरिकलाई न्यानो कपडा
दाङको तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।उपमहानगरपालिकाले  ज्येष्ठ नागरिकलाई खुसी दिने अभियानमा दुई सय ८५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो ।

 उपमहानगरपालिकाका १९  वडाका ज्येष्ठ नागरिकलाई बलाङ्केट सहयोग गरिएको उपप्रमुख स्यानी चौधरीले बताए । उनका अनुसार पालिकाले  १९  वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका हो । वडाको सिफारिसका आधारमा उनीहरुलाई कपडा वितरण गरिएको जनाइएको छ ।
 

काभ्रेका स्थानीय तहमा कित्ताकाट खुल्ला
काभ्रपलाञ्चोकका स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट खुलेको छ । जिल्ला मातपोत कार्यालयले हाललाई सदरमुकाम धुलिखेल नगरपालिका र बनेपा नगरमा मात्रै जग्गाको कित्ताकाट हुने जनाएको छ ।

यी दुई पालिकाले जग्गाको वर्गीकरण गरेकाले कित्ताकाट खुला गरिएको हो । मालपोत अधिकृत गङ्गाप्रसाद पोखरेलका अनुसार जग्गा वर्गीकरण सकाएका काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहलाई कित्ताकाट अनुमति लिन पत्रसमेत पठाइएको छ । कार्यालयले घर बाटोको सिफारिसमा एकरुपता हुनुपर्ने भएका वडा तहबाटै निश्चित ढाँचाको फारम भरेर घरबाटो तथा जग्गा वर्गीकरण सिफारिस पठाइदिन अनुरोध गरेको हो ।

 तारकेश्वरमा खानेपानी आयोजनाको सम्झौता
काठमाडौँको तारकेश्वर नगरपालिकामा चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजनाको सम्झौता गरेको छ ।
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा स्थानीय तहको निर्वाचनपछि आएको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले गरेको ‘एक घर, एक खानेपानी सहितको धारा’ निर्णयअनुसार चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजना सम्झौता गरिएको हो ।
चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म सङ्घीय सरकार, तारकेश्वर नगरपालिका र गोलढुङ्गा वृहत खानेपानी उपभोक्ता समितिको साझेदारीमा रू ४४ करोडमा सम्झौता गरिएको तारकेश्वरका नगर प्रमुख कृष्णहरि महर्जनले बताए।